२०८३ साउन १२ मंगलबार

सेञ्चुरी बैंकको बचत खातामा ८ प्रतिशत सम्म ब्याज

ई आर्थिक    बुधबार, बैशाख १३ २०७४
3.5K
Shares
सेञ्चुरी बैंकको बचत खातामा ८ प्रतिशत सम्म ब्याज

१३ वैशाख, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयाँ वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले आफ्न सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ ।

सो अन्तर्गत सेञ्चुरी बैंकमा बचतकर्ताहरुले वार्षिक ८ प्रतिशत सम्म ब्याज पाउनेछन् । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij