१३ वैशाख, काठमाडौं । सिभिल बैंक लिमिटेडको छैठौं वार्षिक साधारणसभा जेठ ४ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा शेयरधनीरुलाई २ दशमलव ८८ प्रतिशत वोनस शेयर र शून्य दशमलव १५१६ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।
बैंकले युनिक फाइनान्स लिमिटेड तथा हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस बैंकले दुई बैंकलाई प्राप्ति गरेपछि चुक्ता पूँजीको ३० प्रतिशत (१०:३) कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
सिभिल बैंक लिमिटेडको साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २१ गते देखि जेठ ४ गतेसम्म बन्द रहने बैंकले बताएको छ ।