२०८३ साउन १० आइतबार

अमेरिकी डलरको मूल्य २० महिनायताकै सस्तो

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
2.4K
Shares
अमेरिकी डलरको मूल्य २० महिनायताकै सस्तो

२७ चैत, काठमाडौं । अमेरिकी डलरको मूल्य बीस महिनायताकै सस्तो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार डलरको बिक्रीदर मूल्य १ सय ३ रुपैयाँ १ पैसा कायम भएको छ।

यो दिन डलरको खरिदर मूल्य १ सय २ रुपैयाँ ४१ पैसा कायम भएको छ।

यसअघि २०१५ अगष्टमा डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।

अमेरिकी डलरको मूल्य घट्दा आयातित सामानको मूल्य सस्तो पर्न जाने र यसले व्यापार घाटालाई कम गर्न मद्दत पुग्दछ। समग्रमा नेपाललाई डलरको मूल्य घट्दा फाइदा पुग्दछ।

यद्यपी डलरसँगै साउदी, कतार, दुबई, मलेसियाजस्ता देशको मुद्रा मूल्य पनि घट्ने भएकाले भित्रिने रेमिट्यान्स रकम भने कम देखिन जान्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij