२० चैत, दिपायल । दिपायलको पिपल्ला बजारमा लागेकाे भीषण नियन्त्रण वाहिर गएकाे छ । व्यस्त बजारमा लागेकाे अागाे निभाउने चारैतिरबाट प्रयास भए पनि अागाे नियन्त्रणामा अाउन सकेकाे छैन । आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । आगलागी जीबी आयल स्टोरबाट सुरू भएको हो ।
अागलागिबाट पसलहरू जलिरहेका छन भने माेटरसाइकल लगायत केही सवारी साधन समेत जलेर नष्ट भएका छन् । पम्पमा रहेका पेट्रोलियम ड्रमहरु पडि्करहेकाले आगो अझै नियन्त्रणमा अाउन नसकेकाे हाे । अागाे फैलिरहेकाे ठूलाे अार्थिक तथा भाैतिक क्षति भइरहेकाे छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन ।
दिपायल नगरपालिकाको दमकल बिग्रिएकाले पनि समयमा अागाे नियन्त्रणामा अाउन नसकेकाे हाे । डँडेलधुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको अागाे निभाउने प्रयास भइरहेकाे छ ।
आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ ।

सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्केको छ । अागलागी निरन्तर बजारतर्फ अगाडि बढिरहेकाे स्थानीय प्रशासनले जानकारी दिएको छ ।