२०८३ साउन ९ शनिबार

स्वदेशी लघुवित्तको ३ लाख कित्ता साधारण सेयर चैत २५ देखि

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
3.4K
Shares
स्वदेशी लघुवित्तको ३ लाख कित्ता साधारण सेयर चैत २५ देखि

१७ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको उक्त्त लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये २ लाख ७३ हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँने छन् । बाँकी १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको शेयरमा आस्वा सदस्यको अनुमति लिएका बैंक तथा वित्तिय संस्थाहरु, एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, र संस्थाको केन्द्रिय कार्यालय ईटहरीबाट साधारण सेयरमा चैत २९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । साधारण सेयर जारी गरेपछि कम्पनीको पूँजी दश करोड रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १ करोड ८१ लाख रहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा एक करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको सो संस्थाले पुस मसान्तसम्म २१ करोड ३३ लाख रुपैँया निक्षेप संकलन तथा एक अर्ब पाँच करोड २१ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij