२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
4.6K
Shares
ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने

१६ चैत, काठमाडौं । ज्योति विकास बैंकले तीन जिल्ला (दाङ, बाँके र बर्दिया) कार्यत्रक्षेत्र भएको राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार भएको कार्यक्रममा दुई बैंकबीच सोसम्बन्धी सहमति भएको हो । ज्योति विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हाल १ अर्ब १० करोड ४३ लाख रुपैयाँ चुक्तापूँजी रहेको ज्योति विकास बैंकको १:१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ । राप्तीभेरी विकास बैंकको हालको चुक्ता पूँजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । मर्जरपछि ज्योति विकास बैंकको कुल चुक्तापूँजी २ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

साथै राप्तीभेरी विकास बैंकको प्राप्तिपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम १० अर्ब, कर्जा रकम ९ अर्ब रुपैयाँ नाघ्ने छ भने शाखा सञ्जाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसँग मर्जर पक्रिया सम्पन्न गरी एकीकृत रूपमा कार्य सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij