१५ चैत, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्न लागेको २५ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित गरेको छ ।
इस्योरेन्स कम्पनीको सोमबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रायोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।
कम्पनीले ६१ करोड १२ लाख ८५ हजार रुपैयाँ अर्थात ६१ लाख १२ हजार कित्ता बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी पछि कायम भएको चुक्ता पूँजीबाट बोनस सेयर दिन लागेको हो ।
कम्पनीको चुक्ता पूँजी झण्डै ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । एफपीओ पश्चात नेपाल लाइफको पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।