२०८३ साउन ९ शनिबार

सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो विद्यालयलाई सहयोग

ई आर्थिक    शुक्रबार, चैत्र ११ २०७३
3.3K
Shares
सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो विद्यालयलाई सहयोग

११ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विद्योदय मा.बि., सरस्वती निम्न मा.वि. र राम अमर शहिद पुस्तकालयलाई ४ थान कम्युटर र १ थान ल्यापटप सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत भोजपुर जिल्लाको ग्रामिण क्षेत्रमा रहेका विद्यालय र पुस्तकालयलाई समाजिक संस्था ईश्वर मन्दिर मार्फत विहीबार एक कार्यक्रमका बीच उक्त कम्प्युटर र ल्यापटप हस्तान्तरण गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. रबीन्द्र प्रसाद पाण्डेले सामाजिक संस्था ईश्वर मन्दिरका अध्यक्ष प्रमेश के.सी. मार्फत कम्युटर हस्तान्तरण गर्दै राष्ट्रिय वाणिज्य बैंकले बैकिङ्ग कारोबार संगै सामाजिक कल्याणको लागि पनि नियमित रुपमा कार्य गर्दै अगाडी बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले शिक्षा जस्तो पवित्र क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समाजलाई आवश्यक परेको क्षेत्रमा बैंकले सहयोग गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij