२०८३ साउन ९ शनिबार

हिमालयनको एक लाख ४५ हजार कित्ता सेयरको लिलामी खुल्यो

ई आर्थिक    बिहिबार, चैत्र १० २०७३
4.5K
Shares
हिमालयनको एक लाख ४५ हजार कित्ता सेयरको लिलामी खुल्यो

१० चैत, काठमाडौं । हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार ५६० कित्ता साधारण सेयर बिहीबारदेखि लिलामीमा राखको छ । बैंकले हकप्रद निष्काशन गर्दा बिक्री नभएको साधारण सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले प्रतिकित्ता न्यूनतम सय रुपैयाँका दरले कम्तिमा एक सय कित्ता तथा बढी सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् । फारम भर्ने अन्तिम म्याद चैत्र १६ गतेसम्म रहेको बैंकले जनाएको छ ।

बैंकले गत कार्तिक २६ देखि मंसिर ३० सम्म सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने छ ।

गत अर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस बितरण गरेको बैंकले हकप्रद बिक्री गरेर चुक्ता पूँजी ६ अर्ब ४७ करोड रुपैंयाँ पुर्याएको छ । दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा बैंकले एक अर्ब दुई करोड खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij