२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंकको हकप्रद चैत २४ बाट

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
3.7K
Shares
सिटिजन्स बैंकको हकप्रद चैत २४ बाट

९ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चैत २४ गतेबाट १० बराबर २ दशमलव ५ (१०:२.५) अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैङ्कले आफ्ना सेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सेयर भर्ने अन्तिम मिति बैशाख २७ गते रहेको छ ।

बैंकको शेयर फागुन २४ गतेसम्म कायम शेयरधनीले भर्न पाउँछन् । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सिटिजन्स बैङ्क इण्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयहरु र सिबिआईएल क्यापिटल लिमिटेड डिल्लीबजारबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

बैङ्कको हालको चुक्ता पूँजी रू. ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार ७ सय ६१ दशमलव ५४ रहेको छ । बैङ्कको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू. ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७ सय पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij