२०८३ साउन ९ शनिबार

सुरक्षा थ्रेड बढेको भन्दै प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

ई आर्थिक    शुक्रबार, चैत्र ४ २०७३
6K
Shares
सुरक्षा थ्रेड बढेको भन्दै प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

४ चैत, काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले प्रधानमन्त्रीपुत्र प्रकाशलाई हतियार राख्ने अनुमति दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij