२०८३ साउन ९ शनिबार

ओमको बिशेष साधारणसभाले मनास्लु बैंकसँग मर्ज गर्ने निर्णय गर्यो चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्ने

ई आर्थिक    मंगलबार, चैत्र १ २०७३
4.2K
Shares
ओमको बिशेष साधारणसभाले मनास्लु बैंकसँग मर्ज गर्ने निर्णय गर्यो चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्ने

१ चैत काठमाडौं । ओमको बिशेष साधारणसभाले मनास्लु बैंकसँग मर्ज गर्ने निर्णय ग¥यो, चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्ने
ओम डेभलपमेन्ट बैंक लिमिटेडले बिशेष साधारणसभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा आज पोखरामा बसेको बिशेष साधारणसभाले मनास्लु विकास बैंकसंग मर्जरको लागि स्विकृती प्रदान गरेको छ ।

बैंकको साधारणसभाले मर्जर पछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद शेयर र चालु आ.ब.को मुनाफाबाट बोनश शेयर जारी गरी बैंकको चुक्ता पुंजी २ अर्ब ५४ करोड पु¥याउने पुँजी योजना बनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले स्वागत मन्तब्य राख्नुभएको थियो ।

२०७३ पौष मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या १ लाख ७० हजार ग्राहकहरु पुग्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिनुभयो । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij