२०८३ साउन १० आइतबार

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ अाजदेखि, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

ई आर्थिक    मंगलबार, चैत्र १ २०७३
5K
Shares
स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ अाजदेखि, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ?

१ चैत, काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गते (आज ) देखि थप नयाँ सेयर (एफपीओ) निष्काशन सुरु गरेको छ । फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरेर बैंकले एक हजार दुई सय ९० रुपैयाँ प्रतिकित्ताका दरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार पाँच सय ८० कित्ता सेयरका लागि आवेदन दिन पाउने बताइएको छ । बैंकको सेयर निष्काशन छिटोमा चैत ४ गते र ढिलोमा चैत १५ गते बन्द हुनेछ ।

बैंकको एफपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको सम्पूर्ण अवस्था सकारात्मक रहेको जनाउँछ ।

हाल स्टान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी तीन अर्ब ७४ करोड ९९ लाख एक हजार तीन सय ३३ रुपैयाँ रहेको छ । एफपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार तीन सय ३३ रुपैयाँ पुग्नेछ । प्रिमियमवापतको रकम बैंकको जगेडाकोषमा जानेछ ।

कहाँबाट भर्ने सेयर ?
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एफपीओ खरिद गर्नका लागि एनएमबि क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र त्यसको शााखा कार्यालयहरु, एनएमबी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु, प्रभु क्यापिटल लिमिटेड, काठमाण्डु क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिविआइएल क्यापिटल लिमिटेड, भिबोर क्यापिटल लिमिटेड, ग्लोवल आइएमई क्यापिटल लिमिटेड, एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल क्यापिटल मार्केट लिमिटेड, कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड, नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ् लिमिटेड, एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड, गुडविल फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्स लिमिटेडको शाखा कार्यालयहरु, सगरमाथा फाइनान्स लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु, आइसिएफसि फाइनान्स लिमिटेडको शाखा कार्यालयहरु, लुम्बिनी फाइनान्सको शाखा कार्यालयहरु न्युरोड र मानभवन ललितपुर, भार्गव विकास बैंक सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगर तथा शाखा कार्यालयहरु इलाम र फिदिमबाट आवेदन दिन सकिनेछ ।

standard abedan

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij