२४ फागुन, काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले कलंकी काठमाण्डौंमा शाखा बिस्तार गरेको छ ।
सोमबार नेपाल राष्ट्र बैंक बैंकका डेपुटी गर्भनर शिब राज श्रेष्ठज्यूद्धारा शाखाको उद्घाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।
शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने, मर्जरपछि १०:३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिईएको थियो ।
बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।