२४ फागुन, काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले सेयरधनीहरुकोे लागि शतप्रतिशत (१ कित्ता शेयर बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतले हुने २८ लाख ८९ हजार ५ सय ६२.५० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
कम्पनीले पुष २७ गते भएको आफ्नो सातौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम उक्त सेयर निष्काशन गर्नका लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि जेबिल्स फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी लाल नकर्मी र एन.सि.एम मर्चेण्ट बैंकिङ्ग लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच जेबिल्स फाइनान्स लि., न्यूरोड, काठमाण्डौंमा हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।