२०८३ साउन ९ शनिबार

बिहे गर्न नेपाल आउने सोचमा माइली साईरस

ई आर्थिक    बुधबार, फाल्गुन १८ २०७३
7.7K
Shares
बिहे गर्न नेपाल आउने सोचमा माइली साईरस

१८ फागुन, काठमाडौं । अमेरिकाकी गायिका तथा नायिका माइली साइरसले नेपालमा बिहे गर्ने सोच बनाएकी छिन् । अस्ट्रेलियाली नायक लाइम हेम्सवर्थसँगको आठवर्षे प्रेम सम्बन्धमा रहेकी उनले हालै मात्र बिहे गर्ने सोचमा रहेको घोषणा गरेकी थिईन् ।

विवाहबन्धनलाई दीर्घकालीन बनाउने योजनाका साथ सही समयको पर्खाइमा रहेको बताउदै आएकी उनले आउने बर्ष बिहे गर्ने सोच बनाएकी हुन् । बिहे गरेलगत्तै अस्ट्रेलिया सिफ्ट हुने बिचार गरेकी साइरसले बिहे नेपालमा गर्ने सोच बनाएकी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार माइलीले अरबौ पैसा खर्च गर्नु भन्दा अध्यात्मिक तरिकाबाट आफ्नो बिहे गर्न चाहेकी छिन् र त्यस्को लागि नेपालको हिमालय एरिया खोज्दै छिन् । हिन्दू धर्ममा रुची राख्ने भएकीले पनि माइलीले हिन्दू राष्ट्र नेपालमा बिहे गर्ने सोच बनाएकी हुन ।

पूर्ण रुपमा प्राइभेट रहने यस् बिवहमा उनका केही साथीहरु समाबेश हुनेछन् जसले मेडिटेसन, योगा, हात्ती सवारलगायतका मनोरन्जन लिन पाउने बताईेको छ । उनले बिहेमा कुनै सेतो गाउन नभै हिन्दू संस्कारको बिहेमा लगाइने पहिरन रातो, हरियो र गोल्डेन मिक्स पहिरन लगाउने बताइएको छ ।

Miley-Cyrus-and-Liam-Hemsworth

चलचित्र ‘द लास्ट सङ’मा काम गर्ने क्रममा सन् २००९ मा यि जोडीको भेट भएको थियो । चलचित्रको छायांकनकै क्रममा डेटिङ गरेका माइली र लाइम हलिउडमा लामो समय प्रेमसम्बन्धमा रहन सफल जोडीका रूपमा चिनिने गर्छन् ।

प्रेम सुरुआत भएको तीन वर्षपछि अर्थात् सन् २०१२ मा इन्गेजमेन्ट घोषणा गरेका थिए । इन्गेजमेन्टपछि लसएन्जलसमा लिभिङ टुगेदरको सम्बन्धमा रहेका उनीहरूले एक वर्षपछि इन्गेजमेन्ट तोडेका थिए । तर, फेरि विस्तारै बिग्रँदो सम्बन्ध सुधारेर एकसाथ अगाडि बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij