२०८३ साउन ९ शनिबार

‘किरिया गर्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत मान्यतालाई चुनौती दिंदै कलाकार तथा निर्देशक केसी

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
16.4K
Shares
‘किरिया गर्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत मान्यतालाई चुनौती दिंदै कलाकार तथा निर्देशक केसी

काठमाडौं : किराया कर्ममा सामान्यतया छोरा नै बस्नु पर्छ भन्ने मान्यता र परम्परा नेपालमा रहेको छ । तर अपवादमा किरिया कर्म छोरी या ज्वाई पनि बस्ने गर्छन । सोही मान्यता र परम्परालाई चुनौति दिंदै नेपालका चर्चित कलाकार तथा निर्देशक विनोद केसी सासुको कर्ममा बसेका छन् । कलाकार केसी अहिले सासूआमाको किरियाकर्म बसेर सामाजिक रूपमा उदाहरणीय कार्य प्रस्तुत गरेका छन्।

बुधबार ९९ वर्षको उमेरमा सासू लक्ष्मीदेवी अधिकारीको निधन भएपछि ससुराली पक्षबाट काजकिरिया बस्ने कोही नभएकाले आफू नै किरियामा बसेको विनोद केसीले बताएका छन्। “ज्वाइँले किरिया बस्ने चलन थियो कि थिएन थाहा छैन, तर उहाँको किरिया गर्ने कोही नभएकाले म स्वयं किरियामा बसेको हुँ,” उनले भने।

म्युजिक भिडियो र वृत्तचित्र निर्देशनसँगै फिल्म, टेलिफिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्दै आएका केसीले सासूको किरिया गरेर नेपाली समाजमा व्याप्त ‘किरिया गर्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत मान्यतालाई चुनौती दिएका छन्। ज्वाइँ भएर सासूको किरिया बसेर उनले सकारात्मक सामाजिक सन्देश दिएको चर्चा चुलिईरहेको छ।

यसैबीच, विनोद केसी पछिल्लो समय फिल्म ‘आई एम जितबहादुर’ मा अनुबन्धित भए पनि सासूआमाको निधनका कारण हालका लागि फिल्मको छायांकन स्थगित गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij