२०८३ साउन ९ शनिबार

तीन घन्टे लोडसेडिङ पनि हटाउने प्रक्रिया अघि बढ्यो

ई आर्थिक    मंगलबार, फाल्गुन १७ २०७३
3.3K
Shares
तीन घन्टे लोडसेडिङ पनि हटाउने प्रक्रिया अघि बढ्यो

१७ फागुन, धुलिखेल । ऊर्जामन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेमा छिट्टै जनताले खोजेको चाहना पूरा गर्ने सकिने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भन्नुभयो, “हामी कस्तुरी जस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेको जस्तै प्राकृतिक स्रोत र साधन भएर पनि प्रयोग गर्न नसकेर अरुकै खोजीमा हिँडिरहेका छौं ।”

सो क्रममा युवाको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले आफ्नो नेतृत्वमा व्यवस्थापकीय कार्यलाई राम्रोसँग अगाडि बढाउन सकिएकाले विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको बताउनुभयो । उहाँले केही क्षेत्रमा विद्युत्भार कटौती भइरहे पनि दिनको तीन घन्टा मात्रै भइरहेको र त्यसलाई छिट्टै अन्त्य गर्ने कार्यमा प्राविधिक रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

संस्थाले छ दिनदेखि सञ्चालन गर्दै आएको उक्त शिविर आज धुलिखेलमा सम्पन्न गरिएको संस्थाका अध्यक्ष समिर बुढाथोकीले बताउनुभयो । पर्यटन र ऊर्जालाई कसरी अर्थतन्त्रमा जोडेर काम गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएर युवालाई जागरुक बनाउनको लागि शिविरको आयोजना गरिएको बुढाथोकीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij