२०८३ साउन १० आइतबार

प्रदुषण जाँच पास भएका २० वर्षे निजी सवारी नहटाइने

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
4.8K
Shares
प्रदुषण जाँच पास भएका २० वर्षे निजी सवारी नहटाइने

६ फागुन, काठमाडौं । सरकारले फागुन १८ गतेबाट २० वर्ष पुराना गाडीहरु हटाउन लागेको विषय चर्चामा छ । यसैका कारण धेरैले निजी सवारी पनि हट्ने ठानेका छन् । तर, यातायात ब्यवस्था विभागले तत्काल निजी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ ।

अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी विभागले दिएको छ । २० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउँनुभयो ।
‘तत्काल निजी गाडीको हकमा यो निर्णय लागू हुँदैन । सरकारले २० वर्ष पुगेका निजी गाडी हटाउने निर्णय नै गरेको छैन’ प्रवक्ता पाण्डे भन्छन्,’२० वर्ष पुराना सवारीको ब्लु-बुक नवीकरण र कर बुझ्न रोकिएको छैन ।’

यसैगरी पहेँलो र सेतो नम्बर प्लेटका सार्वजनिक संस्थान र सरकारी गाडीलाई पनि रोक्ने कुनै योजना नरहेको विभागले स्पष्ट गरेको छ ।‘पहिलो चरणमा हामी यात्रु र मालसमान ढुवानी गर्ने थोत्रा सार्वजनिक सवारीलाई मात्रै विस्थापन गर्दैछौं । त्यसपछि अर्को निर्णय गरे हामी अन्य प्रयोजनका सवारीलाई पनि २० वर्ष पुरानो भएपछि चल्न नदिन गरी निर्णय गर्ने योजनामा छौं’ प्रवक्ता पाण्डेले भन्नुभयो ।

तर, सरोकारवालाले भने २० वर्ष पुराना सबै किसिमका सवारी हटाउनुपर्ने बताएका छन् । नियमित रुपमा गुड्ने सरकारी गाडी नहटाउनुले सरकारको निर्णय अवैज्ञानिक र अब्यवहारिक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij