५ फागुन, काठमाडौं । पछिल्लो समय मानिसहरुमा केही अलग र अकर्षित काम गर्ने सोच बढेको छ । मनिस निकै सौखिन पनि बन्दै गईरहेका छन् । कोइ गाडीको सौखिन त कोइ गरगहनाको अनी कोइ चाही खानपिनको।
खानपिनकै लागि मानिसहरु बिभिन्न रेष्टुरेन्टमा चाहार्न थालेका छन् । खानाका पारखीहरु दिनप्रति दिन नयाँ नयाँ रेष्टुरेन्ट खोज्न थालेका छन्। यही सबै कुरालाई ध्यानमा राखेर ब्यापारीहरुले पनि मानिसलाई आकर्षण गर्न बिभिन्न आकर्षित रेष्टुरेन्टहरु सन्चालनमा ल्याउन थालेका छन । जस्मध्य भर्खरै भारतको लुधियानामा दुई दाजुभाईले एउटा पुरानो एयर बसलाई रेस्टुरेन्टमा परिणत गरेका छन्।

उक्त एयरबसलाई दाजु भाई मिलेर नयाँ किसिमको हवाइ रेस्टुरेन्ट खाना पारखीहरुको लागि पारिवारिक वातावरणमा उपलब्ध गराएका छन्। यो रेस्टुरेन्टलाई उनीहरुले ‘हवाई अड्डा’को नाम दिएका छन्। उनीहरुले कवाडी भइसकेको ३२० एयरबसलाई दिल्लीदेखि उठाएर ल्याएका हुन्।
यो हवाइ जहाजलाई ४ वटा ठूलो ट्रकमा बोकेर ल्याइएको थियो। यसमा करीब १८० जना एकै पटक बसेर खान सक्छन् तर हावा छिर्ने बनाएकाले ७२ जनाको लागि ठाउँ मात्रै बनाइएको छ। यसलाई बनाउन पुरै चार वर्ष लागेको थियो।

रेस्टुरेन्टका मालिक प्रेमप्रीत सिंह लूथराका अनुसार उसले यो आडिया महाराजा एक्सप्रेसलाई हेरेर आएको बताएका छन्। यो रेस्टुरेन्टमा फर्निचर बाहेर सबै चीज जस्ताको त्यस्तै राखिएको छ। यहाँ शुद्ध शाकाहारी भोजन मात्रै पाइन्छ। रेस्टुरेन्ट बनाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको छ। मानिसहरु यहाँ खाना खान अग्रिम बुकिङ समेत गर्ने गरेका छन्।
यो बिल्कुलै अलग भएकै करण यहाँको मज्जा लिन बिभिन्न शहरबाट मानिसहरु आउनेको भिड लाग्ने गरेको छ ।