३ फागुन, काठमाडौं । विश्वभर आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवस मनाइदैछ । प्रणय बिनाको संसार कल्पनासम्म गर्न सकिन्न । सम्पूर्ण जीवात्माहरुलाई प्रणय चाहिन्छ । हुन त प्रेमका लागि निस्चित कुनै एकदिन कुर्नु पर्ने आवश्यक्ता छैन तर पनि बिशेष यही दिन मनाउन अचेलका युवा-युवतीहरुले निकै चासोका साथ कुरेका हुन्छन । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले एक अर्कालाई रातो गुलब तथा विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गर्छन् । फेसबुकमै माया साटासाट गरेको पनी निकै देख्न पाईन्छ ।
माया सट्ने दिन भनेर बिशेष मानिने यो दिनको उत्पती कसरी र कहिले भयो भन्ने चाँही थोरैलाई मात्र थाहा होला । विश्वभर युवा-युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे’ का बारेमा विभिन्न किम्बदन्ती पाइन्छ ।
इस्वी सम्वत २६९ को समय तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले सैनिक सेवा प्रभावित हुने भन्दै आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिक जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह गराए । कानुन उल्लघंन गरेको आरोपमा सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागी प्राण आहुती गरेका सेन्ट भ्यालेन्टाईनको सम्झनामा फेब्रुअरी १४ मा भ्यालेन्टाईन्स डे मनाउन थालिएको बिश्वास छ ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
पछील्लो समय नेपाली प्रेमजोडीहरुमा भ्यालेन्टाईन्स डेको क्रेज अत्याधिक बाढ्न थाले सँगै काठमाडौ लगायतका देशका बिभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना हुने गरेको छ । नेपालमा भ्यालेन्टाईन्स डेलाई लक्षित गरी हरेक बर्ष रातो गुलाब तथा विभिन्न गिफ्ट आईटमहरु भित्रिने गर्छ । यस् बर्ष पनि बिगतको भन्दा बढी करिब ५० लाख रुपैयाँ बारबरको रातो गुलाब नेपाल भित्रिएको छ । रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा लिने गरिन्छ ।