२०८३ साउन ९ शनिबार

फागुन २० देखि नेपाल फर्मा एक्स्पो–२०१७ हुँदै

ई आर्थिक    बुधबार, माघ २६ २०७३
6.9K
Shares
फागुन २० देखि नेपाल फर्मा एक्स्पो–२०१७ हुँदै

२६ माघ, काठमाडौं । नेपाल औषधि उत्पादक संघले ‘नेपाल फर्मा एक्स्पो–२०१७’ को आयोजना गर्ने भएको छ । “गूणस्तरीताबाट आत्मर्निभरता तर्फ” भन्ने नाराका साथ नेपाल फर्मा एक्स्पोको छैठौं संस्करण यही फागुन २० देखि २२ सम्म हुने भएको हो।

अन्र्तराष्ट्रिय स्तरको यस प्रदर्शनीमा नेपालको औषधि उद्योगको विकास र प्रर्वधनको लागि बिशेष योग्दान गर्ने व्यक्तित्व तथा संघ-सस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । साथै निशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा विगतको सफलताको अनुभूतिलाई आत्मसाथ गर्दै हामी प्रर्दर्शनीमा सम्बन्धित बिधाको डाक्टर, फर्मासिष्ट,स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित बिधामा अध्ययनरत विद्यार्थी गरि करिब तीस हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

यस प्रदर्शनीमा नेपाल र भारतका गरी करिव १०० वटा विभिन्न औषधि उत्पादनसंग सम्बन्धित उद्योगहरुको सहभागिता रहने बताईेको यस् एक्स्पोमा विद्यार्थीहरुको लागि नेपाली तथा अन्तराष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापनलाई बुझ्ने सुनौलो अवसर हुने आयोजकको विश्वास छ ।

संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस प्रर्दशनिमा रक्तदान, निशुल्क दन्त शिविर आयोजना गर्ने छ साथै आगन्तुकहरुको सुविधालाई ध्यानमा राखि आगन्तुक सेवा स्थल, बैठक स्थल, चमेना गृहहरुको पनि व्यवस्था गरिएकोे जनाएको छ ।

नेपाल फर्मा एक्स्पो–२०१७, को आयोजक नेपाल औषधि उत्पादक संघ, तथा अन्य सह आयोजक संस्थाहरुमा औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाण्ज्यि महासंघ, नेपाल उद्योग परिसंघ ,नेपाल औषधी व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एशोशिएशन, ग्रयाजुएट फर्माशिष्ट एशोशिएशन तथा नेपाल केमिकल एण्ड मेडिकल सप्लार्यस एशोशिएशन लगायत रहेका छन् ।

नेपाल औषधि उत्पादक संघ कस्तो सस्था हो ?
नेपाल औषधि उत्पादक संघ, आम उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक वस्तु औषधिको उत्पादनमा संलग्न उद्योगीहरुको साझा संस्था हो ।नेपालको औद्योगिक क्षेत्रमा औषधी उद्योगहरुले विश्व स्वास्थ्य संगठनले लागुगरेको मापदण्ड अवलम्बन गरी गुणस्तरिय औषधी उत्पादनहरु सर्वसुलभ मुल्यमा उपभोक्ता समक्ष पु-याइरहेका छन् । हाल करिव ७७ प्रकारका जिवन उपयोगी औषधीमा नेपाल आत्मनिर्भर रहेको यहाँहरु समक्ष जानकारी गराउन पाउँदा यस संघ गौरवान्वित महसुस गर्दछ । करिव ५० वटा औषधी उद्योगहरु रहेका छन् । हरेक उत्पादनको कच्चा पदार्थ देखि बिक्री योग्य उत्पादनको गुणस्तर मापन गरि उच्च गुणस्तरका उत्पादनहरु उपभोक्ता समक्ष प¥ुयाउन सक्षम छन् । औषधि उत्पादन र प्रविधिको क्षेत्रमा भएको अध्यावधिक विकास, उपलव्धि र प्रविधिको सम्बन्धमा जानकारी गराउने तथा निहित उत्पादन प्रविधि र क्षमता अभिवृद्धि गर्ने उदेश्यले यस संघले सन् २००५ देखि निरन्तर रूपमा प्रत्येक दुई – दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको औषधी मेलाको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij