२०८३ साउन १० आइतबार

अबदेखी एक कित्ता सेयर पनि किनबेच गर्न पाइने

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
6.2K
Shares
अबदेखी एक कित्ता सेयर पनि किनबेच गर्न पाइने

२१ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै आगामी आइतबारदेखि लागू हुनेगरी यो व्यवस्था गरेको हो ।

अब आइतबारदेखी लगानीकर्ताले नियमित कारोबार समयमै अडलट कारोबार गर्न सक्ने भएका छन् । अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिएको छ ।

डिम्याट सेयर (विद्युतीय अभिलेख र अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा पनि कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै नयाँ व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाएको पराजुलीले बताए । नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको उहाले बताउनुभयो ।

यस अघि नियमित कारोबार समय आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि अपरान्ह ३ बजेसम्म “अल अर नोन ( एओएन )” बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्याका धितोपत्र कारोबार हुँदै आएको थियो ।

यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सिल हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरिएको छ ।

यसअघि १० कित्ताभन्दा कम सेयर नेप्सेमा शुक्रवार मात्रै कारोबार हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij