२०८३ साउन १० आइतबार

मन्त्रिपरिषद् जम्बो बन्दै, प्रेमबहादुर सिंह र कुमार खड्का मन्त्री बन्दै, राप्रपा र फोरम लोकतान्त्रिक पनि सरकारमा समावेश हुने

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
3.9K
Shares
मन्त्रिपरिषद् जम्बो बन्दै, प्रेमबहादुर सिंह र कुमार खड्का मन्त्री बन्दै, राप्रपा र फोरम लोकतान्त्रिक पनि सरकारमा समावेश हुने

६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको मन्त्री मण्डल जम्बो बन्दै गएको छ । आज एक सिटे साना दलबाट दुईजनालाई मन्त्री बनाउन लागिएको हो । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बनाईने स्रोतले उल्लेख गरेको छ ।
स्रोतका अनुसार सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिनेछ । दुबै मन्त्रीको सपथ आजै दिउँसो साढे २ बजेका लागि तय भएको छ ।
प्रचण्ड सरकार हाल ४१ सदस्यीय छ । जसमा २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । आज नियुक्त हुने दुई मन्त्री सँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।
यसैबीच ठूला अर्का दुई दललाई पनि सरकारमा समावेश गर्ने सम्बन्धमा छलफल चलिरहेको छ । राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउने प्रयास भइरहेको हो । दुई उपप्रधानमन्त्री सहित प्रतिनिधित्व हुने संभावना रहेको यी दुई दलको सरकारमा प्रतिनिधित्व

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij