२०८३ साउन ९ शनिबार

सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै ,बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

ई आर्थिक    सोमबार, माघ ३ २०७३
4.7K
Shares
सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै ,बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

३ माघ, काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले गत मंसिर २४ गते गरेको बार्षिक साधारणसभाबाट पारित गराएको ६० प्रतिशत अर्थात दश बराबर छ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

आइतबार सिद्धार्थ डेभलपमेण्ट बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सेयर निष्सकान सम्झौता भएको छ ।
बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। अहिले बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस बितरण गरेको थियो ।

हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ। बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफबाट बोनश वितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । पहिलो त्रैमासमा बैंकले प्रतिशेयर आम्दानी १६ रुपैंया २५ पैसा बनाएको छ ।

बैंकले देशभर रहेको ३३. शाखा सञ्जाल मार्फत आफनो लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij