२०८३ साउन १० आइतबार

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई अन्तर्राष्ट्रिय बेष्ट इन्टरप्राइज पुरस्कार

ई आर्थिक    मंगलबार, पौस २६ २०७३
5.5K
Shares
भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई अन्तर्राष्ट्रिय बेष्ट इन्टरप्राइज पुरस्कार

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.लाई समिट अफ लिडर्स २०१६ सोक्रेट्स अवार्ड सेरोमनी अक्सफोर्ड, लण्डनमा अन्तर्राष्ट्रिय बेष्ट इन्टरप्राइज अवार्डबाट सम्मानित भएको छ । उक्त पुरस्कार युरोप बिजनेश एसेम्बलीद्वारा प्रदान गरिएको हो ।
साथै एसेम्बलीले उक्त डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई मेनेजर अफ दि इएर समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा संजाल मार्पmत सर्वसाधारण जनतासम्म वित्तीय पहुँच पु¥याउन विशेष योगदान गरेको, जस्तो सुकै वित्तीय अप्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आप्mना ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको, साथै सफल बजार रणनीतिद्वारा आपूmलाई बलियो रुपमा उभ्याउन सफल भै आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको अनि उच्च योग्यताका कर्मचारीहरुको समूह रही व्यवस्थापन गर्न सफल भएको आदि कारणहरुलाई समेटी उत्कृष्ट घोषित गरिएको हो ।
युरोप बिजनेश एसेम्बली एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत खनालले उक्त ईबीए सभामा बैंकको संबन्धमा “सफलताको कथा” प्रस्तुत गर्नु भएको थियो ।
हाल सम्मका बिकास बैंकहरुमा देशकै ठूलो चुक्ता पँुजी तथा ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत संजाल भएको बैंकको चुक्ता पँुजी रु १.८२ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij