२०८३ साउन ९ शनिबार

पोखरामा १०८ फिट अग्लो मुर्तिसहित १०८ शिवलिङ्ग निर्माण हुने, निर्माणमा पर्यटन व्यवसायीले सघाउने

ई आर्थिक    मंगलबार, पौस २६ २०७३
9.3K
Shares
पोखरामा १०८ फिट अग्लो मुर्तिसहित १०८ शिवलिङ्ग निर्माण हुने, निर्माणमा पर्यटन व्यवसायीले सघाउने

ऐतिहासिक, धार्मिक एवम् रमणीय क्षेत्र पोखरा २५ स्थित पुम्दीकोटमा १०८ फिटे अग्लो शिबको
मुर्ति बन्ने भएको छ । समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको कोटस्थित १८ रोपनी जग्गामा लगभग रु २१ करोडको लागतमा एक सय आठ फिट अग्लो शिव मूर्तिसहित एक सय आठ शिवलिङ्ग निर्माण गरिने भएको छ ।
विशाल महादेवको मूर्ति स्थापनामा पर्यटन व्यववसायीले सहयोग गर्ने भएका छन् । पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा पर्यटन व्यवसायीहरुले सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
विश्वशान्ति स्तूपसहित सो क्षेत्रमा सञ्चालित भुजेल, गुरुङलगायत गाउँका घरबास कार्यक्रमलाई एकमुष्ट अगाडि बढाउन स्थानीयस्तरबाट सुरु गरिएको अभियानको बजारीकरणमा सहयोग गर्ने उनीहरुले बताए ।
पश्चिमान्चल क्षेत्रीय प्रशासक खगराज बरालले पोखरामा निर्माण सुरु गरिएको अन्तर्रा्ष्ट्रिय विमानस्थललाई असर नपर्ने गरी शिवको मूर्ति निर्माण गर्नुपर्ने बताउँदै रातिको समयमा पनि पर्यटकीय आकर्षकका गतिविधि सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ऐतिहासिकस्थलका रुपमा परिचित पुम्दीकोटलाई धार्मिक एवम् पर्यटकीयस्थलको रुपमा विकास गर्न सके त्यस क्षेत्र तथा पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले मुलुकको पर्यटन विकासका लागि मानवनिर्मित स्थलको पनि खाँचो औल्याउनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले मूर्तिस्थापनामा आफ्ना स्व बुबा रत्नबहादुर र हजुरबुबा भक्तबहादुर भट्टराईको स्मृतिमा रु दुई लाख दुई सय २२ सहयोग गरिने घोषणा गर्नुभयो ।
करोडौंको धार्मिक आस्थाको केन्द्र मानिने यो पवित्र कार्यमा सबैको सहयोगको अपेक्षा रहेको उक्त मन्दिर निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट रु २० लाख प्राप्त भएको छ । सो परिसरमा ध्यान केन्द्र, स्मृति उद्यान बनाइने योजना छ । केही सहयोगका प्रतिबद्धता समेत आइरहेको प्रति उहाँले आभार व्यक्त गनर्’भयो । स्मरणीय छ, यसअघि भक्तपुरको साँगामा १४३ फिटको शिबको मुर्ति बनिसकेको छ । अन्य स्थानहरुमा समेत रहेको शिबको मुर्तिहरु प्रसस्तै रहेका छन् । यस्तो ठूलो मुर्ति निर्माणलाई शिबभक्त, अनुयायीका साथै पर्यटन व्यवसायीहरुले अभियानकै रुपमा अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij