संविधान संसोधनको प्रस्तावको विरोधमा नेकपा (एमाले) लगायतको विपक्षी नौ दलले आयोजना गरेको जुलुस काठमाडौंको मूख्य सहरहरु परिक्रमा गर्दै प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको सभास्थल पुगेको छ । संविधान संसोधन प्रस्तावको विरोधमा आयोजित कार्यक्रमका लागि विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । जुलुसमा सहभागी कार्यकर्ताहरुले संविधान संसोधनको प्रस्ताव सरकारलाई फिर्ता गराउन बाध्य पारेपछि मात्रै घर फर्कने बताएका छन् । नेताहरुको भाषण समेत सरकारको विरोधमा अझ् कडा हुने प्रतिक्रिया कार्यकर्ताहरुले दिएका छन् ।
एमालेले डेढलाख जनतालाई उर्तार्ने जनाएको थियो । एमालेले यो जुलुस निस्कनु अघि हिजो शक्ति प्रदर्शनको टेलर स्वरु मोटरसाइकल -याली निकालेको थियो । शक्ति प्रदर्शनमा एमालेसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) राष्ट्रीय जनमोर्चा, नेकपा माले, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रीय य पार्टी, मधेस समता पार्टी, राष्ट्रीय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र चुरेभावर राष्ट्रीय पार्टी (लोकतान्त्रिक) पनि विपक्षी सभामा सहभागी छन् ।
यसैबीच सरकारमा रहेका र मधेसवादी दलहरूले यो प्रदर्शनलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।