२०८३ साउन ९ शनिबार

पाँच बैंक गाभिएको कार्यक्रममा गभर्नरले भन्नुभयो गाभिदैमा बैंक बलियो हुदैन

ई आर्थिक    आइतबार, पौस १७ २०७३
3.4K
Shares
पाँच बैंक गाभिएको कार्यक्रममा गभर्नरले भन्नुभयो  गाभिदैमा बैंक बलियो हुदैन

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक आपसमा गाभिदैमा बैंक बलियो नहुने बताउनुभयो । पाँच बैंक गाभिएर एकीकृत कारोबारको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुएको हो । उहाँले सबै बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकको सुक्ष्म निगरानी गरिरहेको बताउनुभयो ।
बैंकका कर्मचारी तथा व्यवस्थापनलाई वित्तीय अनुशासन कायम गर्न र जनताको निक्षेपलाई सुरक्षित तरिकाले लगानी गर्न निर्देशन दिनुभयो ।
उहाँले देशका सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्था धेरै खुले पनि पुँजीको वृद्धि हुन नसकेको र सुपरीवेक्षण गर्न पनि कठिनाइ भएको बताउनुभयो ।
गभर्नर नेपालले विभिन्न बैंक तथा वित्तीय क्षेत्रले धितोको अधिक मूल्याङ्कन गरी खराव कर्जा प्रवाह गरेका कारण विगतमा १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अहिले राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाको शूक्ष्म निगरानी गरिरहेको बताउनुभयो ।
ेनेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आज एकीकरण भएको छ ।
एकीकरणपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका नामबाट आजदेखि कारोबार सुरु गरिएको छ । एकीकरण सो बैंकको चुक्ता पूँजी चार अर्ब भन्दा माथि पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अझै पनि ६० प्रतिशत जनसङ्ख्या वित्तीय सञ्जालमा जोडिन बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij