२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

ई आर्थिक    बिहिबार, माघ १३ २०७३
8.8K
Shares
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

डडेल्धुरा, १३ माघ । कृषीयोग्य भूमिको वैज्ञानिक उपयोग र आधुनिक कृषि प्रविधिको अवलम्बन गर्ने गरी जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सञ्चालनमा आएको छ ।

दश वर्षसम्म लागू हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट र ब्लक) वृद्धि गर्ने, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन र सुपरजोन)को विकास गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले जानकारी दिनुभयो ।

यस आवमा तरकारी र मकै बीउ उत्पादनका लागि परियोजनाले २० वटा पकेट र दुईवटा ब्लक निर्माण गरी तरकारी र बीउ उत्पादनलाई व्यावसायिक रुपमा वृद्धि गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ । राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भावनाका आधारमा तोकिएका पूर्वाधार भएको क्षेत्रमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिई कार्यक्रम जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिने परियोजनाले जनाएको छ ।

जिल्लालाई आलुखेतीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा विकास गरिने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । गाङ्खेत, अशिग्राम र अमरगढी नगरपालिकाको ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरी प्रशोधन केन्द्रको रुपमा विकास गर्ने कार्यक्रम छ ।

गाङ्खेत, बगरकोट र नगरपालिका क्षेत्रमा तरकारी ब्लक स्थापना गरिने र समैजी, अजयमेरु, मणिलेक, वृलापुर, कोटेली, आलिताललगायत क्षेत्रमा मकै बीउ र अन्य बीउ उत्पादन गर्नका लागि पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij