२०८३ साउन ९ शनिबार

धोबीखोला कोरिडोरमा सडक कालोपत्रको काम भयो अलपत्र

ई आर्थिक    सोमबार, माघ १० २०७३
4.6K
Shares
धोबीखोला कोरिडोरमा सडक कालोपत्रको काम भयो अलपत्र

१० माघ, काठमाडौँ । एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम नपाउँदा रुद्रमती (धोबीखोला) कोरिडोरको चार किमी सडक कालोपत्र गर्ने काम अलपत्र छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याउने र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक कालोपत्र गर्ने जिम्मेवारी पाएपनि काम सम्पन्न हुन सकेको छैन । प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी ढल बिच्छ्याइरहेको निर्माण व्यवसायी कम्पनी कान्छाराम जेभीले सडक कालोपत्र गर्ने ठेक्का नपाउँदा काममा ढिलाइ गरेको आरोप लगाउनुहुन्छ ।

kalopatra

“कोरिडोरको भङ्गालदेखि शङखमूलसम्मको १८ किमीमध्ये चार किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का आह्वान गरी समानान्तर निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । सडक कालोपत्र गर्न ढल ओछ्याइसक्नुपर्ने कान्छाराम निर्माण व्यवसायीले काम नसक्दा चैतसम्मको समय थप गरेका छौँ”– उहाँले भन्नुभयो ।

समितिले रु ३२ करोडको लागतमा नदीको दायाँबायाँ दुवै किनारमा ढल राख्ने काम गरिरहेको छ । समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह भने प्राधिकरणलाई एक हप्ताअघि नै विधिवत् रुपमा नदीको पूर्वी भागमा ढल राख्ने काम सम्पन्न गरी सडक कालोपत्र गर्न हस्तान्तरण गरिएको दाबी गर्नुहुन्छ ।

एउटै मन्त्रालयका दुई निकायका बीच समन्वय नहुँदा यो सडक निर्माणको काम अलपत्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij