२०८३ साउन १२ मंगलबार

नेपाल टेलिकमको डेटा रोमिङ सस्तोमा

ई आर्थिक    बिहिबार, फाल्गुन २४ २०८०
8.9K
Shares
नेपाल टेलिकमको डेटा रोमिङ सस्तोमा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ । यससँगै विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्नेले पहिलेभन्दा सस्तो दरमा डेटा सेवा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । विदेशमा रहने टेलिकमका प्रयोगकर्ताले डेटा रोमिङ सेवा धेरै प्रयोग गर्ने पाइएकाले सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ साझेदारहरूसँग सम्झौता गरी महसुल दरमा कटौती गरिएको टेलिकमले उल्लेख गरेको छ ।

टेलिकमका अनुसार पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रिस, हङ्गेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुने छ । त्यसै गरी मलेसिया, म्यान्मार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिङ्गापुर, श्रीलङ्का, स्विट्जरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

डेटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij