२०८३ भाद्र २९ सोमबार

रोजगारी सृजना गर्ने संकल्पसहित बन्द र रुग्ण उद्योग सञ्चालनमा ल्याइने, सरकारले थाल्यो तयारी

ई आर्थिक    मंगलबार, माघ १६ २०८०
4.7K
Shares
रोजगारी सृजना गर्ने संकल्पसहित बन्द र रुग्ण उद्योग सञ्चालनमा ल्याइने, सरकारले थाल्यो तयारी

काठमाडौं : सरकारले बन्द र रुग्ण उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । निजी क्षेत्र र सेनामार्फत बन्द र रुग्ण उद्योग सञ्चालन गर्ने सरकारको तयारी छ । यसका लागि आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढाइएको छ । पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार आइतबार दुई वटा नयाँ काम अघि बढाउने निर्णय भएको छ । ‘विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना छ’ सोमबार पर्साको वीरगञ्जमा प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने निर्णय भएको छ । ‘यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ’ यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले बन्द रहेका हेटौँडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे सरोकारवालाहरुसँग छलफल गरेका थिए ।

यही माघ १४ गते आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बन्द उद्योगहरू सञ्चालनमा ल्याउने विकल्पहरुका सम्बन्धमा छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार हेटौँडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले पब्लिक/प्राइभेट/पार्टनरसीप (पीपीपी) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेस गर्न मन्त्रालयलाई निर्देशित समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मलाई विश्वास छ । यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्ववपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ ।’

यसअघि सरकारले हाल बन्द र रूग्ण अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग चलाउन सरकारले मोडालिटी तयार गरेको छ ।

मन्त्रिपरिषद बैठकले बन्द संस्थान वा उद्योगहरू पुनः सञ्चालन गर्न के कस्तो मोडालिटी उपयुक्त हुन्छ भनेर सिफारिस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले तीन वटा मोडालिटी तयार गरी प्रतिवेदन सरकारलाई बुझाएको छ ।
ककपहिलो, उद्योगमा थप लगानी गरी प्रविधिमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउने ।

दोस्रो, निजी क्षेत्र वा वैदेशिक लगानी गर्न चाहने फर्मलाई आरपिपी मोडलमा सञ्चालन गर्ने दिने । तेस्रो, यदि सरकार तथा निजी क्षेत्रले चलाउन सकिँदैन भनेमा ब्रान्ड नाम, मेसिन बिक्री गर्ने र कम्पनी खारेज गर्ने ।

बन्द र रुग्ण सबै उद्योगहरूको जडित क्षमता कम र प्रविधि पुरानो भएकाले यथास्थितिमा सञ्चालन गर्न सकिने अवस्था नरहेको अध्ययनले औंल्याएको छ । अध्ययनका आधारमा सरकारले पब्लिक÷प्राइभेट÷पार्टनरसीप (पीपीपी) मोडेलमा उद्योगहरू फेरि सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij