२०८३ साउन २० बुधबार

फ्लोरिकल्चर एसोसिएसनमा विद्रोह, नयाँ संघ खुलेसँगै पुष्प मेला यस पटक दुई ठाउँमा हुने

ई आर्थिक    शनिबार, कार्तिक ११ २०८०
6.7K
Shares
फ्लोरिकल्चर एसोसिएसनमा विद्रोह, नयाँ संघ खुलेसँगै पुष्प मेला यस पटक दुई ठाउँमा हुने

ई–आर्थिक, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) मा विद्रोह भएर नयाँ संघ गठन भएको छ । विद्रोहबाट बनेको नयाँ संघ गठनसँगै यसपटक पुष्प मेला समेत दुई ठाउँमा हुने भएको छ । फ्यानमा आन्तरिक विवाद उत्पन्न भएपछि एउटा समूह अलग भएर छुट्टै मेला आयोजना गर्न लागेको हो । दुइटै समूहले एउटै मितिमा सो मेला आयोजना गर्न लागेको हो । फ्यानबाट अलग भएर केही नर्सरी व्यवसायीले रामजीप्रसाद तिमिल्सिनाको अध्यक्षमा नर्सरी व्यवसायी सङ्घ नेपाल गठन गरिएको छ ।

पुष्प मेला कात्तिक १४ गतेदेखि १८ गतेसम्म सङ्घले भृकुटीमण्डपमा र फ्यानले जावलाखेलको खेल मैदानमा आयोजना गर्न लागेको हो । यसको सम्पूर्ण तयारी पूरा भएको छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेला जुधाउने काम आफूहरूले नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले मेलाको मिति घोषणा गरिसकेपछि उहाँहरूले पनि त्यही दिनका लागि घोषणा गर्नुभएको हो, उहाँहरूले त्यस्तो किन गर्नुभयो थाहा छैन ।”

फ्यान विभाजन नभएको दाबी गर्दै उहाँले फ्यानका निवर्तमान अध्यक्ष कुमार कसजू श्रेष्ठलाई कारबाही गरेपछि यो नर्सरी व्यवसायी सङ्घको जन्म भएको हो, कसजूजीले केही नर्सरीका साथीलाई लिएर सङ्गठन बनाउन लगाउनुभएको हो जुन साथीहरूले यसअघि पटक पटक अध्यक्ष बन्नका लागि चुनाव लडेर हार्नुभएको थियो ती साथीहरूले छुट्टै सङ्गठन बनाउनुभयो ।”

नर्सरी व्यवसायी सङ्घका अध्यक्ष तिमिल्सिनाले मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । एकै दिन दुइटा मेला संयोगले मात्र जुधेको हो, जुधाउन नचाहँदा नचाहँदै जुधेको बताउँदै उहाँले तिहारलाई लक्षित गरी यो मेला आयोजना गरिएको हो, त्यसका लागि एउटा शनिबार भेटाउनका लागि बाध्यताले मेला जुधेको बताउनुभयो । फ्यानमा नर्सरीका किसानलाई महìव नदिएका कारण आफूहरू त्यहाँबाट अलग भएर आफ्नै सङ्गठन बनाएको बताउँदै उहाँले त्यसलाई असन्तुष्ट भन्न नमिल्ने बताउनुभयो । फूलका गुच्छा, माला, बुकी बेच्ने व्यवसायीको नै त्यहाँ हालीमुहाली भए, त्यहाँ आफूहरूको कुरा सुन्ने पनि भएन त्यही भएर आफूहरू आफ्नै संस्था बनाएर मेलाको आयोजना गरेको बताउनुभयो ।

आफूहरूले बनाएको नर्सरी व्यवसायी सङ्घमा फूल व्यवसायीलाई नराख्ने भन्दै उहाँले यसमा सबै नर्सरी किसान मात्र रहने बताउनुभयो ।

फ्यानबाट असन्तुष्ट भएर महासचिव विश्वमणि पोखरेलले पनि राजीनामा दिनुभएको छ । फ्यानको गतिविधिबाट असन्तुष्ट भएर आफूले राजीनामा दिएको महासचिव पोखरेलले बताउनुभयो । संस्थामा सबैलाई मिलाएर लैजानुपर्ने, कार्यहरू पारदर्शी हुनुपर्ने माग राख्दै आफूले आफ्नो पदबाट राजीनामा दिएको तर फ्यान नछाडेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij