ई–आर्थिक, काठमाडौं । बंगलादेशबाट २ वटा चार्टर्ड गरी जहाजमा ७ सय जना पर्यटक नेपाल आउने भएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार एक र शनिबार एक गरी दुई वटा जहाजबाट करीव ७ सय पर्यटक नेपाल आउने भएका छन् ।
उनीहरुलाई विमान बंगलादेशको जहाजले नेपाल ल्याउने भएको हो । यति ठूलो संख्यामा बंगलादेशबाट जहाज चार्टर्ड गरी आउने यो पहिलो पटक हो ।
बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको समेत बोर्डले जनाएको छ । उनीहरु अपरान्ह साढे ११ बजे विमानस्थलमा अवतरण गर्ने भएका छन् ।