२०८३ साउन २३ शनिबार

बराहक्षेत्रबाट ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ

ई आर्थिक    शनिबार, साउन २३ २०८३
114
Shares
बराहक्षेत्रबाट ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकखण्डबाट ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा लुकाएर राखिएको ४ क्विन्टल १८ किलो गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।

प्रहरीले बरामद गाँजासहित पक्राउ परेकाहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij