२०८३ साउन २३ शनिबार

दोलखाको ५ मेगावाटको साँघु सोरुङखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

ई आर्थिक    शनिबार, साउन २३ २०८३
133
Shares
दोलखाको ५ मेगावाटको साँघु सोरुङखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

दोलखा । दोलखाको बिगु गाउँपालिका–८ मा निर्माण भएको ५ मेगावाट क्षमताको साँघु सोरुङखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।

आयोजनाका निर्माण तथा प्राविधिक परीक्षणका सबै काम सफल भएपछि विद्युत् उत्पादन सुरु गरिएको हो। आयोजनाको विद्युत्गृह सोरुङखोलामा निर्माण गरिएको छ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेडकी अध्यक्ष इन्दिरा पन्तका अनुसार आयोजनाबाट उत्पादित विद्युत् सोरुङखोलामा हिमपर्वत हाइड्रोपावरले निर्माण गरेको स्विचयार्ड हुँदै ५३२ केभी प्रसारण लाइनमार्फत सिँगटी सबस्टेसनमा जोडिएको छ।

“आयोजनाका सबै काम पूरा भएका छन्। परीक्षण पनि सफल भएपछि विद्युत् उत्पादन सुरु गरिएको हो,” अध्यक्ष पन्तले भन्नुभयो।

आयोजनाका लागि थामीचागु र कालिञ्चोक गाउँपालिका–१ को बीचमा रहेको खोलाको पानी फर्काएर सोरुङखोलासम्म ल्याइएको छ। पानी आयोजनासम्म पु¥याउन ४ हजार ५ सय मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ।

त्यसैगरी बिगु गाउँपालिका–८ को पश्चिमतर्फबाट बग्ने खोलाको पानीसमेत आवश्यक संरचनामार्फत आयोजनाको विद्युत्गृहसम्म पु¥याएर विद्युत् उत्पादन गरिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो।

आयोजनाको कुल लागत करिब १ अर्ब रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा ३ मिटर ग्रस हेड रहेको जनाइएको छ।

आयोजनाबाट उत्पादित विद्युत् सिँगटी सबस्टेसनमा जोडिएसँगै परीक्षण प्रसारणसमेत सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij