२०८३ साउन २२ शुक्रबार

करको दर हेरफेर नियमन गर्न राजस्व बोर्ड बनाउन सुझाव

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०८०
1.8K
Shares
करको दर हेरफेर नियमन गर्न राजस्व बोर्ड बनाउन सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्।

आइतबार आर्थिक वर्ष ०८०-०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन्।

यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए। उनले करको दर हेरफेर गर्न पाइने थापाको भनाइ छ। ‘होइन भने हरेक वर्ष विधेयक किन ल्याउनुपर्‍यो,’ उनले भने।

‘तर, हेरफेर गरिने करको दरको औचित्य हुनुपर्ने उनको भनाइ छ। बढाइएको छ भने किन बढाइयो, छुट दिइयो भने किन छुट दिइयो, त्यसको भार कति पर्‍यो, के को आधारमा छुट दिइयो, के का आधारमा छुट दिइयो, त्यसले कस्तो प्रभाव पार्छ, अध्ययन कहाँ भयो लगायतका सबै विषय संसदमा ल्याउनुपर्छ,’ उनले भने।

यी सबै विषयको अध्ययनसमेत बोर्डले गर्ने गरी राजस्व बोर्ड बनाउनुपर्ने उनले बताए।

यति कुरा गर्न सकियो भने पर्फर्मेन्स बजेटिङतिरको पाइलाहरू बिस्तारै सार्न सक्छौँ। रातारात गर्न सकिँदैन तर बजेट प्रणालीमा सुधार गर्ने कुरा एकदम महत्त्वपूर्ण छ,’उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij