२०८३ साउन ९ शनिबार

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरमा जाँदै, गरे अन्तिम सम्झौता

ई आर्थिक    बुधबार, माघ १८ २०७९
3.9K
Shares
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरमा जाँदै, गरे अन्तिम सम्झौता

ई–आर्थिक, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीए रिपोर्टको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) कायम हुने छ ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३र ३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् । यस्तै सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने सहमति भएको बताइएको छ ।

हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड छ भने सगरमाथा इन्स्योरेन्सको रू. १ अर्ब ३३ करोड छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij