२०८३ साउन ९ शनिबार

मन्त्री चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण, ‘बाढीपीडितका नाममा चामल वितरण गरेर किन आचारसंहिता उल्लंघन गरेको ?’

ई आर्थिक    आइतबार, असोज ३० २०७९
13.1K
Shares
मन्त्री चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण, ‘बाढीपीडितका नाममा चामल वितरण गरेर किन आचारसंहिता उल्लंघन गरेको ?’

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मन्त्री चौधरीले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइ गर्ने आधार के छ भनेर प्रश्न सोधेको छ ।

आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ । त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमति प्राप्त गरेको छ/छैन ? भनेर पनि प्रश्न गरिएको छ ।

सहमति बेगर चामल वितरण गरिएको भए सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ रु भन्ने प्रष्ट पार्न पनि आयोगले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको काम गर्न सके पनि किन मन्त्रीकै उपस्थितिमा वितरण गर्न जानुपर्ने बाध्यता थियो वा थिएन भन्ने पनि प्रश्न सोधिएको छ । उनलाई आयोगले किन जरिवाना गर्नु नपर्ने भनेरसमेत प्रश्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij