२०८३ साउन ९ शनिबार

आइएमई पेको ब्याजदर बृद्धि, अब ७.१३ प्रतिशत ब्याज दिने

ई आर्थिक    शनिबार, असोज ८ २०७९
6.4K
Shares
आइएमई पेको ब्याजदर बृद्धि, अब ७.१३ प्रतिशत ब्याज दिने

ई–आर्थिक, काठमाडौं । आइएमई पेले हाल दिँदै आएको ६.०३ प्रतिशत ब्याजदरमा वृद्धि गरेको छ । कम्पनीले उक्त ब्याजदर वृद्धि गरेर ७.१३ प्रतिशत कायम गरेको हो ।

आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्छन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यस्का साथै ग्राहकले यस दसैं, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दसैं तिहार २०७९ अभियानअन्तर्गत आइएमई पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भौचरका साथै अन्य धेरै उपहार जित्ने मौका पाउने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij