ई–आर्थिक, काठमाडौं । प्रभु बैंकका ग्राहकले जनकपुर स्थित होटल सिताशरणमा विशेष छुट पाउने भएका छन् । छुट प्राप्त गर्ने सम्बन्धमा बैंक र होटलबीच संझौता सम्पन्न भएको छ ।
उक्त संझौतामा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सिताशरण प्रालिका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल सिताशरण प्रालिद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।