२०८३ साउन ९ शनिबार

अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि विक्रीमा आउने

ई आर्थिक    आइतबार, साउन ८ २०७९
6.5K
Shares
अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि विक्रीमा आउने

ई–आर्थिक, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साउन १८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ छिाटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्मको लागी बिक्री खुला गर्न लागेको हो ।

संस्थाले जारी गर्न लागेको कुल आइपीओमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

संस्थाको आइपीओ बिक्री प्रवन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ खरिद गर्न इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij