२०८३ साउन ९ शनिबार

अभियान लघुवित्तको आईपीओ निष्काशन आजदेखि हुदै

ई आर्थिक    बुधबार, साउन १८ २०७९
9.7K
Shares
अभियान लघुवित्तको आईपीओ निष्काशन आजदेखि हुदै

ई–आर्थिक, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १८ गते) देखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात् उक्त पूँजी २५ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij