२०८३ साउन ९ शनिबार

विमलेन्द्र निधिले फिर्ता लिए राजीनामा, आजै मन्त्रालय सम्हाल्ने

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
5.3K
Shares
विमलेन्द्र निधिले फिर्ता लिए राजीनामा, आजै मन्त्रालय सम्हाल्ने

२१ वैशाख, काठमाडौं । विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । राजीनामा फिर्ता लिए लगतै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच बिहीबार बिहान भएको छलफलपछि निधिले राजीनामा फिर्ता लिएका हुन् ।

छलफलमा दाहाल र देउवाले एकैसाथ चुनाव सफल पार्नुपर्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । दुवैको आग्रहपछि निधिले राजीनामा फिर्ता लिने र आजै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न राजी भएका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।

यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij