२०८३ साउन ९ शनिबार

राजस्व छलि गर्ने दुई व्यवसायिक फर्म विरुद्ध मुद्दा, नौ करोड ६७ लाख बढी बदमासी गरेको ठहर

ई आर्थिक    मंगलबार, बैशाख २० २०७९
4.3K
Shares
राजस्व छलि गर्ने दुई व्यवसायिक फर्म विरुद्ध मुद्दा, नौ करोड ६७ लाख बढी बदमासी गरेको ठहर

ई–आर्थिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१०, देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यती इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको छ ।

विभागले नौ करोड ६७ लाख ३२ हजार ५६० रुपियाँ बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ छ करोड २७ लाख १४ हजार ५६० रुपियाँ बराबरको छली गरेको पाइएको छ । विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख ६५ हजार १२० रुपियाँ असुल गरी कैद सजायसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij