२०८३ भाद्र ३० मंगलबार

मेयरका आकांक्षी भन्छन् : काठमाडौँलाई देशकै नमुना सहर बनाउँछौँ

ई आर्थिक    बुधबार, बैशाख २० २०७४
3K
Shares
मेयरका आकांक्षी भन्छन् : काठमाडौँलाई देशकै नमुना सहर बनाउँछौँ

काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मेयरका उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने बताएका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा विभिन्न राजनीतिक दलका प्रमुखका आकांक्षीहरुले उक्त कुरा बताएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाको उम्मेदवार बन्नुभएका राजुराज जोशीले भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताउनुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” उहाँ महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा पार्क निर्माण गर्ने बताउनुहुन्छ ।

नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएको विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँस्वरुप दिने प्रतिक्रिया व्यक्त गर्नुहुन्छ ।

उहाँ महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु ।”

नेकपा (माओवादी केन्द्र)बाट महानगरपालिकाको प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोल आफू निर्वाचित भए काठमाडौँको स्वरुप परिवर्तन गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा काँग्रेस एमालेका प्रमुख आए तर केही काम गर्न सकेनन् त्यसैले मैले काम गर्नका लागि उम्मेदवार दिएको हुँ ।”

सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुख पदको उम्मेदवार पवित्र बज्राचार्य जनताको जित सुनिश्चित गर्नुका साथै काठमाडौँलाई नयाँ स्वरुप प्रदान गर्न आफ्नो उम्मेदवार रहेको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij