२०८३ साउन १२ मंगलबार

चीनबाट रासायनिक मल नेपाल आउन थाल्यो, तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

ई आर्थिक    बिहिबार, चैत्र १० २०७८
6.4K
Shares
चीनबाट रासायनिक मल नेपाल आउन थाल्यो, तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

ई–आर्थिक, सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताउनुभयो । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij