ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेकाहरू मध्ये डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्की सिफरिसमा परेको छ । तीनमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी चार बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्ने छ ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएकाले यसअघिका सीईओ चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएपछि भएको रिक्त पद पूर्तिको लागि प्रक्रिया अघि बढिरहेको छ ।