ई–आर्थिक, काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा भीषण आगलागी भएको छ । कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । आगलागी पछि कम्प्लेक्सको माथिल्लो भाग धुवाले भरिएको थियो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको थियो । आगलागीको कारण र क्षतिबारेमा अहिलेसम्म थाहा नभएको काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।